राष्ट्रिय बाणिज्य बैक, नाम्चे शाखा मुनाफामा

बिगत लामो समयदेखी सन्चालित  राष्ट्रिय बाणिज्य बैक, नाम्चे शाखाले आफ्नो सन्चालनको ईतिहासमा नयाँ उचाइ कायम गर्न सफल भएको छ । यो बैकले स्थाप्नकाल देखी स्थानिय बासिन्दहरुको सेवामा समर्पित हुँदै आएत पनि यस् बैकले बिगतमा आर्थिक क्षेत्रमा त्यती उप्लब्धी गर्न नसकेको र बैककै खराब कर्जा अशुलीको कम्जोरीले गर्दा केन्द्रिय स्तरमानै आफ्नो छबी धुमिल्याउदै गएको थियो तर अहिले आएर यो बैकले आफुलाई नयाँ युगको नयाँ प्रविधी र आधुनीक बैकिङ प्रणाली विधी अप्नाउदै मुनाफा कमाउन सफल भएको छ .
आ. व. २०६७ /२०६८ पौषसम्मको यस् राष्ट्रिय बाणिज्य बैक, नाम्चे शाखाको खुद मुनाफा रु १०७००००० (एक करोड सात लाख ) रहेको छ । यो उप्लब्धी भनेको यस बैकको तदारुक्तमा खराब कर्जाको अशुली , विदेशी मुद्रा सटहीबाट भएको नाफा , सेवा शुल्क र असल कर्जाबाट प्राप्त ब्याज नै मुख्य रहेको यस बैकका प्रवन्धक बाबुरामले जानकारी दिनु भयो ।

Leave a comment

Filed under विविध

नेपालीलाई सियोलको सम्मानार्थ नागरिकता

नेपाली इन्जिनियरलाई दक्षिण कोरियाको राजधानी सियोलले बुधबार सम्मानार्थ नागरिकता प्रदान गरेको छ । सियोलको वैभव वृद्धिमा मद्दत गरेवापत इन्जिनियर तेन्जी शेर्पा सम्मानित भएका हुन् ।

उनले सियोल नेसनल युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका हुन् ।  शेर्पा गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव पनि हुन् । उक्त संघमार्फत उनी विदेशमा नेपाल र नेपालीको प्रवर्ध्दनका लागि सक्रिय छन् ।

सन् १९६७ जुलाई १५ मा जन्मेका तेन्जी कोरियामा बस्छन् । शेर्पासहित सम्मान हुने १३ देशका १७ नागरिक छन् । सन् १९५८ यता सम्मान गर्दै आएको सियोलले ६ सय ४९ सम्मानार्थ नागरिकता प्रदान गरिसकेको छ ।

1 Comment

Filed under विविध

भारतीय राजदूतको सोलू भ्रमणप्रति एमालेको पनि आपत्ति

सोलुखुम्बू, असोज २२- नेपालका लागि भारतीय राजदूत राकेश सुद सोलुखुम्बूको थामे गएकोमा नेकपा एमालेले पनि आपत्ति जनाएको छ। माओवादीले भारतीय चेकपोष्ट पुनः खडा गर्न सुद त्यहाँ गएको भन्दै विरोध गरिरहेका बेला एमालेले पनि यो भ्रमणप्रति आपत्ति जनाएको हो।

// //

खानेपानी योजना शिलान्यास गर्न खुम्जुङ जानुपर्ने राजदूत सुद थामे गएपछि नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बूका अध्यक्ष आङङिमा लामाले आपत्ति जनाएका हुन्।  अध्यक्ष लामाले भने- उनले त्यहाँ जानुपर्ने काम नै थिएन, यसमा चाहिँ हामीलाई पनि शङ्का लागेको छ।

राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अस्मितामाथि कसैको प्रहार सह्य नहुने भन्दै अध्यक्ष लामाले भने- राकेश सुदको थामे भ्रमण साँच्चिकै शङ्कापूर्ण छ, काम छ एकातिर अर्कोतिर किन जानुपर्‍यो ?। थामेमा २०३१ सालसम्म भारतीय सेनाको चेकपोष्ट रहेको जानकार बताउँछन्। २०३१ सालमा तत्कालीन प्रधान मन्त्री कीर्तिनिधि बिष्टको पालामा मात्र उक्त चेकपोष्ट हटाइएको थियो।

नाम्चेबाट करिब ४ घण्टा पैदलयात्राको दूरीमा रहेको थामे नाम्चेबाट उत्तरी दिशामा पर्दछ। तर खानेपानी आयोजना स्थल भने नाम्चेबाट पूर्व दिशामा पर्दछ।  चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा राजदूत सुदको भ्रमणले स्वतन्त्र तिब्बतको आन्दोलनलाई बल पुग्ने विश्लेषण गरिएको छ। केही समयअघि नाम्चेको थामे क्षेत्रमा केही तिब्बतियनले स्वतन्त्र तिब्बतको माग गर्दै आन्दोलन गरेपछि १९ जनालाई नाम्चे प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो। सोलुखुम्बूको च्याल्सा, जुनबेशीको थुप्तेन छोलिङमा गरी करिब ४ हजार सङ्ख्यामा तिब्बतियन शरणार्थी छन्।

राजदूत सुद बिहान एयर डाइनेष्टीमार्फत् स्याङ्बोचे विमानस्थलबाट थामेको भ्रमण गरी नाम्चे फर्केका छन्। सुदले थामे रहँदा त्यहाँको ऐतिहासिक गुम्बा र ३१ सालसम्म भारतीय आर्मीको चेकपोष्ट रहेको ठाउँको समेत अवलोकन गरेका छन्। उनले भोलि खुम्जुङ खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ। यसका लागि जिल्लाका उच्चपदस्थ कर्मचारीसमेत नाम्चे गएका छन्।
– भानुभक्त निरौला

साभार
नागरिक न्युज

Leave a comment

Filed under घट्नाक्रम

हिमालयन शेर्पा क्लबले सान मिगेल कपको उपाधी चुम्यो

नेपालको ए डिविजन नाक आउट फूटबलमा हिमालयन शेर्पा क्लबले उपाधी हात पार्न सफल भएको छ। प्रतीध्वन्धी न्यू रोड टिमलाई शुन्यका विरुद्ध एक गोल प्रहार गर्दै यस वर्षको सान मिगेल नाक आउट फूटबल कप चुम्न सफल भयो , जुन प्रतियोगिता दश रथ रङशाला मा हजारौ दर्शक माज सम्पन्न भएको थियो

Leave a comment

Filed under Uncategorized

संस्कृतका गुरु शेर्पा

मुर्कुची -उदयपुर, आश्विन १५ –
जातीय संस्कारअनुसार उनी गुम्बा गएर पढ्नुपर्ने । जन्मेर हुर्केको भौगोलिकताका आधारमा गर्मीको तातो रापले पोल्ने ठाउँमा बस्नै नसक्नुपर्ने तर संस्कृत शिक्षाको मोहले रौता ९ मुकुर्चीका एक शेर्पालाई प्रचण्ड गर्मीले पनि छेकेन ।

जन्मेको डेढ वर्ष नबित्दै बाबु गुमाएका ६६ वषर्ीय तेजनारायण शेर्पा ‘रन्जन’ ले १४ वर्षको उमेरमा संस्कृत पढ्न सुरु गरेका थिए । त्यसो त ५ वर्ष पुग्दा नपुग्दै आमाले पनि उनको साथ छाडिन् अर्को बिहे गरेर । बालकैमा एक्लिएका शेर्पालाई केही गर्नुपर्छ भन्ने थियो, त्यसैले उनी लागे संस्कृतको अध्ययनमा ।

बाबुआमाले छोडेर गएपछि बाहुनले पढ्ने भनिएको संस्कृत शिक्षा पढ्ने सोचमा उनी भारतीय भूमि प्रवेश गरेको बताउँछन् । ‘डेढ वर्षमै बाबु छुलेगेली र ५ वर्षमा आमा कर्मालाई गुमाएँ,’ उनले भने, ‘जन्म दिने बाबुआमा गुमाएर एक्लो भएपछि बच्चैदेखि धेरै जान्ने र संस्कृत पढ्न भारतीय भूमितिर हानिएँ ।’

अहिलेजस्तो देशमै सहज रूपमा संस्कृत पढ्ने विद्यालय नभएको शेर्पाले बताए । उनले भारतको दरभंगस्थित होटलमा भाडा माझ्दै कामेश्वरसिंह संस्कृत विश्वविद्यालयबाट शास्त्री उत्तीर्ण गरेका हुन् ।

०२८ सालमा संस्कृतमा शास्त्री र हिन्दी-अंग्रेजीमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेर आफ्नै मुलुक फर्किएका शेर्पाले जिल्लाका विभिन्न विद्यालयमा संस्कृत पढाएका थिए । करिब २८ वर्षको शिक्षण पेसामा संस्कृत मात्रै पठाएको

उनले बताए ।

शेर्पा समुदायमा सम्भवतः आफू एक्लो संस्कृत गुरु भएको उनले सुनाए । शेर्पाले भने, ‘०५६ सालमा भएको शेर्पा समुदायको सम्मेलनमा मुलुकभरबाट भेला भएका थिए ।’ त्यहाँ कसैले पनि संस्कृत पढेको भेटिएन । ‘शेर्पा र संस्कृत भाषा धेरै नै फरक हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले पनि शेर्पाले संस्कृत पढ्न गाह्रो छ ।’

साभार

ekantipur.com

Leave a comment

Filed under विविध

Himalayan Sherpa enters final of Knock Out Football

Jagjit Shrestha and Som Malla scored each as Himalayan Sherpa Club (HSC) defeated Armed Police Force (APF) 2-1 to enter the finals in Knock Out Football Tournament at Dashrath Stadium on Wednesday.

The match started in a blistered pace as both teams exchanged early attacks.

Jagjit Shrestha scored in a goal mouth melee utilizing the defensive blunder. In the first half injury time, Jeevan Sinkeman of APF was sent off for his double yellow cards. Himalayan Sherpa enjoyed lemon break with 1-0 up.

Som Malla scored second goal for his team with his nimble footwork in the second half. Noor Raj Kafle cut the deficit for Armed Police Force.

After the match, HSC skipper, Sagar Thapa said, “We are very happy to enter final but our aim is to win the title”.

HSC will meet NRT in the final to be played on 4th October

2 Comments

Filed under खेलकुद

‘फेसबुकले स्वास्थ्य र सम्बन्ध दुवै बिगार्न सक्छ’

छिनछिनमा फेसबुकमा स्टायटस अपडेट गर्नुहुन्छ? आफ्ना साथी, नातेदार र सहकर्मीहरुले के स्टायटस वा फोटो राखे, कसले के कमेन्ट गरे भनी छिनछिनमा हेर्नुहुन्छ ? त्यसो हो भने तपाईँमा तनावको स्तर बढ्न सक्छ, निद्रा हराउन सक्छ र व्यक्तिगत सम्बन्धमा असर पर्न सक्छ- ह्यारिसवर्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले गरेको एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ।

अध्ययनका अनुसार फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालका मिडियाहरुले छिटो लत लगाइदिन्छ। लत लागेपछि यसले स्वास्थ्य र सम्बन्ध दुवैमा असर पारेर जीवनमा समस्या ल्याइदिन्छ।

युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले एक सातासम्म सो विश्वविद्यालयका सबै ८ सय विद्यार्थीहरुको अध्ययन गरेका थिए। सोसल मिडियाको लत लागू पदार्थको कुलत जस्तै हुने तथ्य उनीहरुको अध्ययनमा देखियो। लागू पदार्थको कुलत छाड्नलाई गाह्रो परे जस्तै उनीहरुलाई फेसबुकको लत छाड्न समस्या देखियो।

अनुसन्धानमा सहभागी एरिक डारले फक्स न्युजमा लेखेका छन्- अधिकांश विद्यार्थीहरुले लुकीलुकी चुरोट खाए जस्तै लुकीलुकी मोबाइलमा फेसबुक, ट्विटर हेरेको देखियो।

केही विद्यार्थीहरु त दिनमा २१ घण्टासम्म कम्प्युटर वा मोबाइलमार्फत् फेसबुक जस्तो साइटमा झुण्डिएको देखियो। यसको कारण साथी वा परिवारका सदस्यहरुसित गुणस्तरीय आमनेसामने कुराकानी गर्न समय नै थिएन उनीहरुसित।

अध्ययनपछि धेरै विद्यार्थीले सोसल साइटको कुलतले आफ्नो स्वास्थ्य शारीरिक र सम्बन्ध दुवै हिसाबले बिगारिरहेको महसूस गरे।

Leave a comment

Filed under विविध

कांग्रेसमा बूढाकै बाहुल्य

काठमाडौं, १२ असोज

११औँ महाधिवेशनसम्म पुरानै नेताको एकछत्र बाहुल्य रहेको कांग्रेसमा १२औं महाधिवेशनले युवा नेताको पनि उपस्थिति बनाएको छ । तर, अझै पनि कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा तन्नेरीभन्दा पुराना नेता नै धेरै छन् ।

संविधानसभाको दोस्रो ठूलो दलसमेत रहेको कांग्रेसको हालै सम्पन्न १२औँ महाधिवेशनबाट चयन भएका ६४ जनामध्ये बहुमत ५० नाघेका छन् । नयाँ केन्द्रीय कार्यसमितिमा ३६ जना केन्द्रीय नेता ५० नाघेका छन् । त्यस्तै ४० देखि ५० वर्षसम्मका २३ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

४० वर्ष तलका त पाँचजना मात्र छन् । यसअघि कांग्रेस केन्द्रीय समितिमा ८८ वर्ष उमेरसम्मका नेता थिए भने ४० वर्षमुनिका केन्द्रीय सदस्य थिएनन् ।

नयाँ केन्द्रीय समितिमा ३५ वर्षीय गगन थापा, सीता गुरुङ र जीवन परियार कान्छा केन्द्रीय नेता हुन् । सबैभन्दा जेठा केन्द्रीय नेतामा कुलबहादुर गुरुङ पर्छन् । गुरुङ ७६ वर्षका छन् । कांग्रेसमा ७० वर्षमाथि गुरुङका साथै सभापति सुशील कोइराला ७२ वर्ष र आमोदप्रसाद उपाध्याय ७५ वर्षका छन् ।

नरेन्द्रविक्रम नेम्वाङ , संसदीय दलका नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, मानबहादुर विक, कृष्णचन्द्र नेपाली, प्रदीप गिरी, अम्बिका बस्नेत र आनन्दप्रसाद ढुंगाना ६१ वर्ष माथिका छन् ।

समितिमा ५० देखि ६० वर्ष उमेरका नेताको बाहुल्य छ । सो उमेरका २२ नेता केन्द्रीय समितिमा छन् । कृष्ण्ाप्रसाद सिटौला, डा.रामशरण महत, दीपकुमार उपाध्याय, खुमबहादुर खड्का, डा.नारायण खड्का, मीना पाण्डे, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, सुजाता कोइराला, महेश आचार्य, प्रकाशमान सिंह, पूणबहादुर खड्का, ज्ञानेन्द्र कार्की, अर्जुनप्रसाद जोशी, डा.शशांक कोइराला , रमेश रिजाल, रत्ना शेरचन, डा.शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, दीपक गिरी, ईश्वरी न्यौपाने र डा.प्रकाशशरण महतले ५० काटेका छन् तर ६० नाघेका छैनन् ।

५० भन्दा कम उमेरका तर ४० नाघेका २२ जना केन्द्रीय सदस्य छन् । बालकृष्ण खाँण, पुष्पा भुषाल, एनपी साउद, मोहम्मद अफ्ताब आलम, महेन्द्र यादव, शंकर भण्डारी, कमला पन्त, मनमोहन भट्टराई , सुरेन्द्र पाण्डे, अजयकुमार चौरसिया, कविता सरदार बाँतर, किशोरसिंह राठोर, चित्रलेखा यादव, भीष्मराज आङदम्बे, धनराज गुरुङ, जीवनबहादुर शाही, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, मीनाक्षी झा, नवीन्द्रराज जोशी, मीन विश्वकर्मा र पार्वती चौधरीले ४० काटेका तर ५० नाघेका छैनन् ।

३५ देखि ४० वर्षबीचका केन्द्रीय नेता पाँचजना मात्र छन् । जसमा बद्री पाण्डे, सुजाता परियार, सीता गुरुङ, जीवन परियार र गगनकुमार थापा छन् । कांग्रेसका ‘युवा सदस्य’ मध्ये धेरैजसो ४० कटेका छन् । तर, उनीहरू संयुक्त राष्ट्रसंघको मात्र होइन, राष्ट्रिय युवा नीति, २०६६ ले निर्धारण गरेको युवा उमेर समूहमा समेत पर्दैनन् । कुन उमेर समूहका लाई युवा मान्ने भन्नेमा विश्वमा एउटै मापदण्ड नभए पनि संयुक्त राष्ट्रसंघले १५-२४ वर्षको उमेर समूहलाई युवा मानेको छ भने राष्ट्रिय युवा नीति ०६६ लेे १६-४० वर्षसम्मको उमेर समूहकालाई युवा मानेको छ । तर, युवा भन्दै उम्मेदवार भएका धेरैजसो कांग्रेसीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड काटिसकेका छन् ।

२४ वर्षका लाई मात्र युवा मान्ने राष्ट्रसंघको नीतिको आलोचना भएपछि राष्ट्रसंघकै पहलमा सन् २००१ मा भएको विश्व युवा मञ्चको भेलाले तय गरेको डाकार युवा सशक्तीकरण रणनीतिले युवाको उमेर २४ बाट बढाएर ३० वर्ष पुर्‍याएको हो । बेलायतको युवा रोजगार नीतिले १६ वर्ष उमेर समूहका मानिसलाई युवा मानेको छ भने उत्तरी इटलीमा १४-१९ वर्ष समूह र दक्षिण इटलीमा १४-३२ वर्ष उमेर समूहलाई युवा मानिएको छ । त्यस्तै, विश्व बैंकको विश्व विकास प्रतिवेदन २००७ ले १२-२४ वर्षका लाई युवाको श्रेणीमा राखेको छ ।

पारिवारिक वर्चश्व

विगतमा परिवार भनेपछि कोइराला खान्दानको मात्र नाम आउँथ्यो । यसपटक भने कोइरालाभन्दा बाहिरबाट पनि एकै परिवारका सदस्य कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका छन् ।

१२औँ महाधिवेशनमा कोइराला परिवारबाट उम्मेदवारी दिएका पाँचमध्ये सुशील, डा.शशांक, डा.शेखर र सुजाताले केन्द्रीय समितिमा प्रवेश पाएका छन् भने अशोक कोइराला बीचमा नै निर्वाचनबाट फिर्ता भएका थिए । त्यसैगरी कोइराला परिवारको नाता पर्ने महेश आचार्य र आमोदप्रसाद उपाध्याय पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कोइराला परिवारका भाञ्जेज्वाइँ चक्रप्रसाद बास्तोला भने पराजित भएका छन् । त्यसैगरी १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याउने गगन थापा र अर्जुननरसिंह केसी ज्वाइँ-ससुरा हुन् । मतगणनाभरि थापा र केसी निकै चर्चामा रहे । केसी नुवाकोटबाट महाधिवेशन प्रतिनिधि हुन् भने थापा काठमाडौंबाट ।

कोइराला परिवारभन्दा बाहिर डा. रामशरण महत र डा. प्रकाशशरण महत खुला २५ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यी दुई सहोदर दाजुभाइ हुन् । त्यस्तै डा. मीनेन्द्र रिजाल र मनमोहन भट्टराई पनि नातेदार हुन् । रिजाल र भट्टराई ज्वाइँ-जेठान हुन् ।

कसको उमेर कति

कुलबहादुर गुरुङ ७६, आमोदप्रसाद उपाध्याय ७५, सुशील कोइराला ७२, सूर्यमान गुरुङ र नरेन्द्रविक्रम नेम्वाङ ६७, रामचन्द्र पौडेल ६६, शेरबहादुर देउवा र गोपालमान श्रेष्ठ ६४, अर्जुननरसिंह केसी ६३, मानबहादुर विक र कृष्णचन्द्र नेपाली ६२, प्रदीप गिरी, अम्बिका बस्नेत र आनन्दप्रसाद ढुंगाना ६१, कृष्णप्रसाद सिटौला र डा.रामशरण्ा महत ६०, दीपकुमार उपाध्याय र खुमबहादुर खड्का ५९, डा. नारायण खड्का र मीना पाण्डे ५८, बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू ५७ , सुजाता कोइराला र महेश आचार्य ५६, प्रकाशमान सिंह र पूण्र्ाबहादुर खड्का ५५, ज्ञानेन्द्र कार्की, अर्जुनप्रसाद जोशी, डा. शशांक कोइराला, रमेश रिजाल र रत्ना शेरचन ५४, डा. शेखर कोइराला र डा. मीनेन्द्र रिजाल ५३, चन्द्र भण्डारी र दीपक गिरी ५२ , इश्वरी न्यौपाने ५१, डा.प्रकाशशरण महत ५०, बालकृष्ण खाँण र पुष्पा भुषाल ४९, एनपी साउद र मो. अफ्ताब आलम ४८, महेन्द्र यादव, शंकर भण्डारी, कमला पन्त र मनमोहन भट्टराई ४७, सुरेन्द्र पाण्डे, अजयकुमार चौरसिया र कविता सरदार बाँतर ४६, किशोरसिंह राठोर, चित्रलेखा यादव, भीष्मराज आङदम्बे, धनराज गुरुङ, जीवनबहादुर शाही, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी र मीनाक्षी झा ४५, नवीन्द्रराज जोशी र मीन विश्वकर्मा ४४, पार्वती चौधरी ४२, बद्री पाण्डे ३७, सुजाता परियार ३६, गगनकुमार थापा, सीता गुरुङ र जीवन परियार ३५

साभार

नयाँ पत्रिका

Leave a comment

Filed under विविध

कीर्तिमानी महिला आरोही पेम्वा डोमा शेर्पाको संस्मरणात्मक हुलाक टिकट प्रकाशन

हुलाक सेवा विभागले धौलागिरि हिमाल आरोहणको स्वर्णवर्ष तथा कीर्तिमानी महिला आरोही पेम्वा डोमा शेर्पाको संस्मरणात्मक हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।

हुलाक सेवा विभागले राजधानीमा आयोजना गरेको समारोहमा सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले टिकटमा पहिलो टाँचा लगाउनु भयो । समारोहमा मन्त्री पोखरेलले    विश्वसामु देशलाई चिनाउन र पर्यटक भित्र्याउन यस्ताखालका टिकटले मद्दत पुग्ने बताउनु भयो ।

हुलाक विभागले धौलागिरि हिमाल आरोहणको ५० वर्ष पुगेको अवसरमा र हिमाल आरोही    स्वर्गीय पेम्वा डोमा शेर्पाको कीर्तीमान विश्वसामु चिनाउन एक साथ दुइवटा टिकट प्रकाशनमा ल्याएको हो।

Leave a comment

Filed under हिमाल सम्बन्धी, Mountains

र्‍यालीमा अमेरिका लगिएका शेर्पाबाट वनमन्त्रीले पैसा असुलेर्‍यालीमा अमेरिका लगिएका शेर्पाबाट वनमन्त्रीले पैसा असुले

भ्रष्ट मन्त्रीका कारण हामी बदनाम भयौं: आयोजक

सेभ द हिमालयन र्‍यालीका नाममा ‘रोल मोडल’का रूपमा अमेरिका लगिएका शेर्पाबाट वनमन्त्री दीपक बोहराले पैसा उठाएको खुलासा भएको छ । शेर्पाहरूले आफू ठगिएको खुलासा गरेपछि मन्त्री बोहरा अमेरिकामै सम्पर्कविहीन भएका छन् ।

युएसएड नेपाल, नेपाल पर्यटन बोर्ड, गि्रन भेन्चर्स नेपाल र डब्लुडब्लुएफको आर्थिक सहयोगमा नेपाली मन्त्री र शेर्पाहरूको टोली अमेरिका गएको हो । जलवायु परिवर्तनबाट पग्लिन थालेका हिमाल बचाउन नेपाली टोलीले राष्ट्रसंघीय मुख्यालयअगाडि र्‍याली निकालेको थियो ।

तर सम्मानका लागि अमेरिका लगिएका हिमाल आरोहीहरूबाटै पैसा असुलिएको भन्दै विरोध भएपछि र्‍यालीमै तनाव भएको थियो । कतिपय शेर्पाले त विवादकै कारण र्‍याली बहिस्कार गरेका थिए । विवादपछि वनमन्त्री बोहरा सेभ द हिमालयनका आयोजकलाई समेत जानकारी नदिई बेपत्ता भएका थिए ।

आयोजकले पटकपटक मोबाइलमा सम्पर्क गर्दा पनि फोन नै नउठाएका वनमन्त्री कहाँ गए, कुन अवस्थामा छन् भन्नेबारेमा सेभ द हिमालयन र्‍यालीको आयोजक नै अनभिज्ञ थिए । ‘हामीले मन्त्रीको मोबाइलमा पटक-पटक सम्पर्क गर्दा पनि फोन उठेन, हामीलाई केही पनि थाहा छैन,’ र्‍याली संयोजन समितिका संयोजक आङछिरिङ शेर्पाले भने, ‘पछि थाहा भयो, मन्त्री अहिले टेक्सासमा घुमफिरमा व्यस्त छन् ।’

मन्त्रीको मोबाइल नम्बर ७०२३३८२४७३ मा सम्पर्क गर्दा शनिबार बिहानसम्म फोन भ्वाइस मेलमा राखिएको थियो । शनिबार दिउँसो आफैं फोन गरेर आफू टेक्सासमा रहेको जानकारी दिए । तर, र्‍यालीको संयोजन समिति भने वनमन्त्रीका बारेमा आइतबारसम्म नै अनभिज्ञ थियो ।

न्युयोर्कमा वनमन्त्री सम्पर्कविहीन भएको खबर चलिरहँदा उता टेक्सासमा वनमन्त्रीले भ्रष्टाचारको पैसामा मस्ती गरिरहेको खुलासा भएको छ ।

सोमबार अपराह्न वासिंगटन डिसीमा एनटिएनसीका कार्यकारी अधिकृत सिद्धार्थ बज्राचार्यसँग भेटेर मंगलबार दुवैजना एकसाथ नेपाल र्फकने योजना तय भएको छ । सेभ द हिमालयन र्‍यालीपछि सिद्धार्थ बज्राचार्य पनि आयोजकसँग सम्पर्कविहीन भएका थिए । उनले र्‍यालीको भोलिपल्ट न्युयोर्क छाडेपछि कहाँ गए भन्ने थाहा हुन सकेको छैन । शनिबार राति बज्राचार्यको मोबाइल नम्बर ४०२५४७६५६९ मा सम्पर्क गर्दा उनले ठाडो जवाफ दिए, ‘म जहाँ भए पनि तपाईंलाई के मतलब ? म अहिले न्युयोर्कबाहिर छु, सोमबार डिसीमा पुगेर मन्त्रीलाई भेटेपछि मंगलबार नेपाल र्फकन्छौं ।’

उनी न्युयोर्कबाहिर कहाँ गएका हुन् भन्नेबारेमा थाहा हुन सकेको छैन । सेभ द हिमालयन र्‍याली संयोजन समितिका संयोजक शेर्पाले पनि आफूहरूले फोन गर्दा फोन नउठाएकाले उनीहरू कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा हुन नसकेको जानकारी दिए ।

‘डेढ लाख असुलेकै हुन्’

वनमन्त्री बोहरा र एनटिएनसीका बज्राचार्य मंगलबार मात्र नेपाल र्फकने भए पनि उनीहरूसँगै आएका शेर्पाहरू भने शनिबार बेलुकीसम्म सबैजना फर्किसकेका छन् । निमा गोम्बु शेर्पा, सेराब जांग्बु शेर्पा र सोनाम शेर्पा त शुक्रबार साँझ नै नेपाल उडेका थिए ।

नेपाल र्फकनुअघि शेर्पाहरूले वनमन्त्रीले आफूहरूबाट डेढ-डेढ लाख असुलेको खुलासा गरे । यसअगाडि वनमन्त्रीले शेर्पाहरूबाट अमेरिका ल्याउने भन्दै पैसा असुलेको समाचार सार्वजनिक भएको थियो । न्युयोर्कको ज्याक्सन हाइटमा रहेको थकाली किचनमा गरिएको कार्यक्रममा निमा गोम्बु शेर्पा, सेराब जांग्बु शेर्पा र सोनाम शेर्पाले अमेरिका आउनका लागि डेढ-डेढ लाख तिरेको खुलासा गरे ।

उनीहरूले भने, ‘हामीले डेढ/डेढ लाखचाहिँ तिरेकै हो ।’ सुरुमा कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने भनिए पनि अन्तिममा आएर पैसा मागेकाले डेढ/डेढ लाख बुझाउन बाध्य भएको भन्दै उनीहरूले दुःखेसो पोखे । तर, पैसा सीधै मन्त्रीलाई नभई पर्वतारोहण संघका सचिव दिवस पौडेलमार्फत बुझाएको पनि उनीहरूले खुलासा गरे ।

कार्यक्रममा सहभागी हुन पैसा बुझाएका अरू १० जनाले भने भिसा नपाएपछि पैसा पनि फिर्ता पाएका छन् । नेपाल र्फकनुअगाडि शेर्पाहरूले मन्त्रीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।

‘भ्रष्ट मन्त्रीका कारण बदनाम भइयो’

वनमन्त्रीले भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएपछि सेभ द हिमालयन र्‍याली नै विवादित भएकोमा आयोजकहरूले दुःखेसो पोखेका छन् । र्‍यालीका संयोजक आङछिरिङ शेर्पाले भने, ‘हिमाल बचाउने अभियानका साथ हामीले गरेको पवित्र कामसमेत भ्रष्टाचारी वनमन्त्रीका कारण बदनाम भएकोमा निकै दुःख लागेको छ ।’

आफूहरूले वनमन्त्रीले यस्तो गर्लान् भनेर कल्पनासमेत नगरेको उनको भनाइ छ । उनले भने, ‘हामीले राम्रै काम गर्न खोजेका थियौँ, तर के गर्नु, हाम्रो भागमा भ्रष्टाचारी वनमन्त्री परे ।’ आफूहरूका तर्फबाट पनि भ्रष्टाचारको छानबिन गर्न दबाब दिने शेर्पाले बताएका छन् ।

Leave a comment

Filed under घट्नाक्रम

खराब मौसमले गर्दा खुम्बुको जनजिवन अस्तव्यस्त

विगत एक महिनादेखिको अविरल वर्ष र खराब मौसमको कारण खुम्बु क्षेत्रको मुख्य प्रवेशद्वार लुक्ला मा नियमित उडान हुन नपाउदा पर्यटन तथा यात्रुहरुले निकै सास्ती व्यहोर्नु पर्‍यो। यस्तो मौसमले गर्दा प्रत्यक्ष यहाँकास्थानिय पर्यटन व्यवसायमा पनि असर पर्न थालेको छ। यहाँ ल्याइने खाध पदार्थ देखी लिएर दैनिक उपभोग्य वस्तुहरुपनी हवाइजहाज बाट मात्रा ल्याइने भएकाले पनि बजार भाउ आकाशिन पुगेको छ, त्यही माथि काठमाडौं विमानस्थलको फितलो व्यवस्थापन र एयरलाइन्स्को मनोमानी भाडा उठाउने प्रविर्तीले गर्दा खुम्बु भेगका जनताले ठुलो महङ्गीको मार

खुम्बुको एक मात्र यात्राको साधन लुक्ला विमान स्थल

सहनु परेको छ, त्यसमाथि पनि मौसमसाथ नदिदा र समयमा नै सर सामान ओसारपसार गर्न नसक्दा त्यस्को लागि पनि कुनै वैकल्पिक सरल माध्यम छैन.
हालसालाई आएर यहाँका जनताहरुले चौरिखर्क गा वि सको सुर्खेसम्म गाडीको बाटो आवश्यक रहेको महसुस गर्न थालिएको छ र उक्त बाटो निर्माणको लागि यहाँका जनताहरुले
नेपाल सरकारसँग जिल्ला बिकास मार्फत निवेदन पनि दिइ सकेका  छन
यस्तो अनिस्चित मौसम र महँगो हवाइ भाडा तिरेर यहाँको जनजीवन अझ कस्टकर हुँदै जाने स्थानिय वासिहरुको भनाइ रहेको छ। प्राय जस्तो सरकारी सेवा र सुबिधा वन्चित खुम्बुक्षेत्रको बिकासको लागि सुर्खेसम्म सडक बाटो अतिनै आवश्यक देखिन्छ। a

Leave a comment

Filed under विविध

बुद्धको तालु भेटिएपछि चिनिया भिक्षुद्वारा उत्सव

असार ४- चीनको नानचिङस्थित बौद्ध गुम्बाबाट शाक्यमुनी बुद्धको तालुको हड्डी उत्खनन् गरिएको छ। सुनको कफिनमा राखिएको अवस्थामा भेटिएको चट्टानको टुक्रा जस्तो वस्तु बुद्धको तालुको हड्डी भएको चिनियाँ पुरातत्वविद् तथा बौद्ध भिक्षुहरूले पुष्टि गरेका छन्। पूर्वी चीनको च्याङ्सु प्रान्तको राजधानी नानचिङस्थित छिस्या गुम्बामा गत शनिबार बिहान बौद्ध परम्पराअनुसार धूमधाम पूजा आयोजना गरी हड्डी उत्खन्न गरिएको समारोहमा सहभागी चिनियाँ बुद्धिष्ट एसोसिएसनका अध्यक्ष मास्टर छुवान यिनले दिएका छन्। चट्टानको टुक्राजस्तो देखिने खैरो रङको हड्डी सम्राट् अशोकको प्यागोडामा राखिएको अवस्थामा भेटिएको थियो। नानचिङ नगर सङ्ग्रहालयका उपप्रमुख हुवा रुङलाई उद्धृत गर्दै चाइना डेलीले लेखेको छ- मसिना कोष जस्ता छिद्र भएकाले हड्डी मौरीको चाकाजस्तो देखिन्छ।

// <![CDATA[// // <![CDATA[//

बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष सुए छङ्गले उत्खननको नतिजा बुद्धको तालुको हड्डीसम्बन्धी ऐतिहासिक रेकर्डअनुसार प्रमाणित भएको दावी गरेका छन्। “बुद्ध धर्मावलम्बीका लागि यो हड्डी सबभन्दा पवित्र वस्तु हो”- छङ्गले उत्साहित हुँदै भने।

उत्खननका क्रममा शाक्यमुनीबाहेक अन्य बुद्धका दश वटा अस्तु पनि फेला पारिएको छ। बुद्धको तालुको हड्डीसहित उत्खनन् गरिएका सबै अस्तु एक महिनाका लागि गुम्बामा प्रदर्शनमा राखिएको छ। प्रदर्शनपछि पनि यसलाई मुख्य भूमि चीन, ताइवान र मकाउका प्रसिद्ध भिक्षुहरु रहेको छिस्या गुम्बामै सुरक्षित राखिने बताइएको छ।

एसोसिएसनका उच्च अधिकारी लु जिनफुका अनुसार करिब २५ सय वर्षअघि मृत्युपछि शाक्यमुनीको तालुको एउटा र काँधका दुइटा हड्डी, चार वटा दाँत र ८४ हजार अस्तुधातु सङ्कलन गरिएको थियो भने बाँकी अवशेष प्यागोडा जस्तो समाधिमा राखेर विश्वका विभिन्न भागमा पठाइएको थियो। नानचिङमा उत्खनन् गरिएको १.२१ मिटर अग्लो र ४२ सेन्टिमिटर फराकिलो प्यागोडा चीनमा भेटिएको अहिलेसम्मकै ठूलो मानिन्छ। चीनमा शाक्यमुनीको अस्तु रहेका १९ वटा प्यागोडा भएको विश्वास छ, जसमध्ये सात वटा पत्ता लागिसकेका छन्।

Leave a comment

Filed under विविध घट्नाक्रम

नाम्चे बजारमा बुद्ध जयन्ती भब्यताका साथ मनाइयो

Leave a comment

Filed under स्थानिय परम्परा, Culture, Tradition, Religion

नाम्चे बजारमा सोलु दोर्पु आगालागी पीडितको लागि राहत संकलन

नाम्चे बजार जेष्ठ ८ गते, बैशाख ५ गते नया बजारमा  आगलागीबाट पीडितहरुको सहयोगार्थ स्थानिय व्यापारी र सर्व साधारणबाट आर्थिक सहयोग संकलन गरियो, उक्त संकलन कार्यक्रममा खुम्बु नागरिक समाजका संयोजक आङ तेन्जिङ शेर्पा , रेड्क्रस उपशाखाका सभापति लामा काजी शेर्पा , नाम्चे युवा समुहका अध्यक्ष आङ नुरु शेर्पा , खुम्बु नागरिक समाजका कोषध्यक्ष्य छिमी काल्देन कोसभागितामा
संकलन गरियो , र संकलित रकमलाई तुरुन्तै जिल्लामा हस्तान्तरन गरिने कार्यक्रम रहेको छ।

1 Comment

Filed under समाज, Uncategorized

Musical Everest 2010 आयोजना हुने

यही आउदो मै २९ का दिन नाम्चे युवा समुह र E4 entertainment को सम्योजगत्व मा अन्तराष्ट्रिय सगरमथा दिवसको अवसरमा  Musical Everest 2010 भव्यरुपमा आयोजना हुनेभएको छ , उक्त दिनको  वृहत संगीतिक कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु राजेश पायल राइ , क्रान्ति आले , जितु नेपाल , प्रिती कौर , तिलक बम मल्ल , डि जे बि मान र डि जे किरणको शहभागीत रहने नामचे युवा
समुहका अद्यक्ष आङ नुरु शेर्पाले जनाउनु  भयो , उक्त कार्यक्रममा लुक्ला , फाक्दिङ , खुम्जुङ , थामे र अन्य ठाउँ बाट दर्शक्हरु मनोरन्जनलिनको लागि नामचेमा जम्मा हुने गरिन्छ

Musical Everest 2010

Leave a comment

Filed under Entertainment