Category Archives: Mountains

कीर्तिमानी महिला आरोही पेम्वा डोमा शेर्पाको संस्मरणात्मक हुलाक टिकट प्रकाशन

हुलाक सेवा विभागले धौलागिरि हिमाल आरोहणको स्वर्णवर्ष तथा कीर्तिमानी महिला आरोही पेम्वा डोमा शेर्पाको संस्मरणात्मक हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।

हुलाक सेवा विभागले राजधानीमा आयोजना गरेको समारोहमा सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले टिकटमा पहिलो टाँचा लगाउनु भयो । समारोहमा मन्त्री पोखरेलले    विश्वसामु देशलाई चिनाउन र पर्यटक भित्र्याउन यस्ताखालका टिकटले मद्दत पुग्ने बताउनु भयो ।

हुलाक विभागले धौलागिरि हिमाल आरोहणको ५० वर्ष पुगेको अवसरमा र हिमाल आरोही    स्वर्गीय पेम्वा डोमा शेर्पाको कीर्तीमान विश्वसामु चिनाउन एक साथ दुइवटा टिकट प्रकाशनमा ल्याएको हो।

Leave a comment

Filed under हिमाल सम्बन्धी, Mountains

सगरमाथामा एकै दिन ९२ जना

सगरमाथा क्षेत्रमा मौसम सफा हुनेबित्तिकै विश्व साइकल यात्री पुष्कर शाहसहित ९२ जनाले सोमबार सर्वोच्च शिखर आरोहण गरेका छन् । बिहान साढे १० बजे शाह आफ्नो समूहसहित चुचुरो पुगेको पर्यटन मन्त्रालयले जनाएको छ । सोमबार नै उनीसमेत ५० नेपाली र ४२ विदेशी आरोहीले एडमन्ड हिलारी र तेन्जिङ शेर्पाको पद चाप पछ्याउँदै दक्षिणपूर्वी मोहडाबाट सर्वोच्च शिखरमा पाइला पुर्‍याएका हुन् । एक सय ४२ भन्दा बढी मुलुक साइकलबाट यात्रा गरेका शाहले सबै मुलुकका झन्डा सगरमाथा पुर्‍याएका थिए ।

Leave a comment

Filed under हिमाल सम्बन्धी, Mountains

ल्होत्से आरोहीको मृत्‍यु

मिती २०६७ बैशाख २५  दिन ल्होत्से हिमाल आरोहन गर्ने क्रममा रसियन नागरिक सर्गेइ डुगनोवको ४७०० मिटरमा मृत्‍यु भएको छ र उक्त म्रितक शरीरलाई आधार शिविरमा ल्याउने क्रम जारी छ

Leave a comment

Filed under हिमाल सम्बन्धी, Mountains, Uncategorized